दक्षिण कोरियाको सोलबाट अमेरिकाको सान्फ्रान्सिस्कोका लागि उडान भरेको बोईङ्ग सेभेन दुर्घटनाग्रस्त

दक्षिण कोरिया  । दक्षिण कोरियाको सोलबाट अमेरिकाको सान्फ्रान्सिस्कोका लागि उडान भरेको बोईङ्ग  सेभेन दुर्घटनाग्रस्त भएको छ । दुई जनाको मृत्यु भएको छ भने एक जनाको पत्तो लागेको छैन । एशियाना एअरलायन्सको फ्लाइट नम्बर २१४ मा ३०७ जना थिए । १६ जना चालक दलका सदस्यसहित २ सय ९१ यात्रु रहेको सो बिमान अवतरणका क्रममा दुर्घटना भएको हो ।
 घटनामा दर्जनौ घाईते भएका छन् । घाईते मध्ये २ बालबालिकासहित ८ जनाको अवस्था गम्भीर रहेको छ । घईतेको अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनापछि सामान्य चोटपटक लागेका १ सय ९० जनालाई सकुशल उद्धार गरिएको थियो भने ४८ जनालाई अस्पताल पु