काठमाडौं । पछिल्ला दुई दिन उल्लेख्य दरले उकालो शेयर बजारको बृद्धि बुधबार टिक्न सकेन । बजार परिसूचक नेप्से सामान्य अंकले ऋणात्मक रहेर ५ सय ५ दशमलब तीन दुई कायम भयो । शुरुमा सकारात्मक रहेर ३ अंक बराबरले सुधार भैसकेको नेप्से ओरालो लाग्दै अन्तिम समयमा ऋणात्मकमा थामिएको हो ।
टेलिकम सूचिकृत अन्य समूहको सूचकमा ३६ अंकको उच्च गिरावट आएसंगै नेप्से प्रभावित भएको हो । बिमा, जलविद्युत र वाणिज्य बैंक समूह भने उकालो लागे । बीमा समूहमा १८ अंकको सुधार भयो ।



