बजेट घोषणा पश्चात शेयर बजारमा गिरावट

काठमाडौं । बजेट घोषणा पश्चात अघिल्लो दिन उल्लेख्य दरले बढेको शेयर बजारमा मंगलबार भने उस्तै पारामा गिरावट आयो । बजार परिसूचक नेप्से ९ अंक बराबरले ओरालो लागेर ५ सय ९ मा आइपुग्यो ।


टेलिकम सूचिकृत अन्य समूहमा उच्च गिरावट आएसंगै नेप्से उच्च दरले झरेको हो । बीमा र होटल बाहेक अरु सबै समूह ऋणात्मक रहे । टेलिकमको शेयर भाउ ५४ रुपैयाँ झरेसंगै अन्य समूहमा ६३ अंकको कमी आएको हो ।


यस दिन नेपाल स्टक एक्सचेन्जमा ८० कम्पनीको २ लाख ५७ हजार कित्ता शेयर ५ करोड ३९ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

 

RSS