पोखराको गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालयमा तोडफोड

पोखरा  । पोखरा नगरक्षेत्रमा नयाँ बस सञ्चालन गर्न पाउनुपर्ने माग राखेर विन्ध्वासिनी यातायात व्यवसाय समितिका सदस्यहरुले पोखरामा गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालयमा तोडफोड गरेका छन् ।

 

उनीहरुले पोखरा नगरमा बस सञ्चालनका लागि नयाँ बस ल्याए पनि रुट प्रमिट नपाएको भन्दै यातायात व्यवस्था कार्यालयमा तोडफोड गरेका हुन् ।

समितिका सदस्यहरुले कार्यालयका शाखा अधिकृत बाबुराम लामिछानेलाई हातपात समेत गरेका छन् ।


उनीहरुले कार्यालयको कन्ट्रोल रुम, लेखाशाखा, टेबल, कम्प्युटर र झयालका सिसाहरु फुटाएका छन् ।

 

RSS