नुवाकोट । नुवाकोटमा यस बर्ष चैते धानको उत्पादनमा वृद्धि भएको छ । परम्परागत खेती त्यागेर आधुनिक खेती अपनाएसँगै यस बर्ष धान उत्पादन बढेको हो ।
रोपाईंको समयमा बर्षाले समेत साथ दिएपछि कृषकहरुले उन्नत जातको बीउ र आधुनिक खेती प्रणालीबाट रोपाईं गरेका थिए ।
चैते धान प्रतिहेक्टर ४ मेट्रिक टनबाट बढेर ४ दशमलब २ मेट्रिक टनका दरले उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ ।
नुवाकोटमा यसवर्ष ६ हजार हेक्टरमा लगाइएको चैते धानले २५ हजार मेट्रिक टनभन्दा बढी उत्पादन दिएको छ । जिल्लामा अहिलेसम्मकै बढी मात्रामा चैते धान फलेको कृषि विकास कार्यालयले जनाएको छ ।
RSS