काठमाडौं । सोमबार शेयर बजार ओरालो लाग्यो । अघिल्लो दिन झिनो अंकले ऋणात्मक रहेको नेप्से यस दिन भने ५ अंक बढीले झरेर ५ सय ४० मा आइपुग्यो ।
कारोबार भएका सबै समूह रातो रहेसंगै नेप्से झरेको हो । जलविद्युत समूह सबैभन्दा उच्च ३० अंकले झर्यो । बीमा समूहमा पनि २८ अंकको कमी आयो ।



