सिरिया । सिरियामा सुरक्षाकर्मीले थापेको धरापमा परी ६० जना बिद्रोही मारिएका छन् ।
राजधानी दमस्कस नजिक सिरियन सैनिक जाँच चौकीको आक्रमणका लागि अघी बढीरहेका बिद्रोहीलाई सिरियाली सेनाले धरापमा पारेका हुन् । मारिनेमा अधिकांश अलकायदामा आवद्ध बिद्रोही रहेको सिरियाली सेनाले जनाएको छ ।
सैनिकको भेषमा अघी बढीरहेका उनीहरुको योजनाको संकेत पाएको सिरियाली सेनाले उनीहरुलाई धरापमा पारेका हुन् । मारिनेमा सिरियाली नागरिक नरहेको पनि सिरियाली सेनाले स्पष्ट पारेको छ ।
यता सिरियाली राष्ट्रपति बिरुद्धमा लागेका प्रदर्शनकारीलाई दमस्कसबाट लखेट्न हजारौंको संख्यामा राजधानी दमस्कसमा सेना परिचालन गरिएको छ । प्रदर्शनकारीले भने दमस्कस नछोड्ने अडानमा प्रदर्शनकारीहरु रहेका छन् ।
Agencies