नयाँदिल्ली । भारतीय रक्षामन्त्री ए के एन्टोनीले बारम्बार भारतको धैर्यताको परीक्षा नलिन पाकिस्तानलाई चेतावनी दिएका छन् । नयाँदिल्लीमा संसद वैठकमा बोल्दै रक्षामन्त्री एन्टोनीले पाकिस्तानी सैनिकबाट कश्मिरमा भारतीय सैनिकको क्रुर हत्या गरिएको घटनामा माफी दिन नसकिने स्पष्ट पारेका बीबीसीले जनाएको छ ।
गत मंगलवार भारत प्रशासित जम्मु कश्मीरको पूँछ क्षेत्रमा पाकिस्तानी सेनाले पाँच भारतीय सैनिक मारेपछि दुई मुलुकको सम्बन्ध फेरि तनावपूर्ण बनेको छ । भारतीय रक्षामन्त्री एन्टोनीले उक्त घटनाले दुई मुलुकको राजनीतिक सम्बन्ध प्रभावित हुन सक्ने समेत बताएका जनाइएको छ ।
यसअघि उक्त घटनामा पाकिस्तानी सैनिकको पोशाकमा आएका २० जना हतियारधारीले आक्रमण गरेको बताएका एन्टोनीले आज भने आक्रमणमा पाकिस्तानी सेनाकै विशेष दल सामेल भएको जानकारी दिए ।



