भारतीय टेलिभिजन जी टिभीमा प्रशारण भएको टेलिश्रृंखला बुद्धलाई नेपालमा रोक

काठमाडौं  । भारतीय टेलिभिजन जी टिभीमा आजबाट प्रशारण भएको टेलिश्रृंखला बुद्धलाई नेपालमा रोक लगाइएको छ । भगवान बुद्धबारे गलत भ्रम सिर्जना गरिएको आशंकामा आजको टेलिश्रृंखलालाई देशभर प्रशारणमा रोक लगाइएको नेपाल केवल महासंघका अध्यक्ष सुधीर पराजुलीले हामीलाई जानकारी दिए ।


भगवान बुद्धको जन्मस्थान लगायतका विषयमा टेलिश्रृंखलाले गत भ्रम सिर्जना गरेको भन्दै नेपालीहरु आक्रोशित बनेपछि आजको श्रृंखला प्रशारणमा रोक लगाइएको बताइएको छ । अध्यक्ष पराजुलीले भने-सामाजिक सञ्जालहरु लगायतमा श्रृंखलाप्रति आक्रोश व्यक्त भएपछि हामीले देशैभर प्रशारणमा रोक लगाएका हौं ।


पराजुलीले महासंघ मातहतका सबै केवल प्रदायकहरुबाट श्रृंखला रोकेको दाबी गरे । उनले श्रृंखला प्रशारण हुँदा उत्पन्न हुन सक्ने गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै आफूहरुले स्वतः रुपमा श्रृंखलाको प्रशारण रोकेको बताए ।