बारा क्षेत्र नम्बर ४ का एमाले उम्मेद्वार महमुद आलमको मृत्‍यु

बारा क्षेत्र नम्बर ४ का अघिल्लो साता टाउकोमा गोली लागि गम्भीर घाईते भएका एमाले उम्मेद्वार महमुद आलम मृत घोषणा भएका छन् । प्रत्यक्षतर्फ उम्मेद्वारी दिएकै भोलिपल्ट बारा परवानीपुरमा मोटरसाईकलमा आएका अज्ञात व्यक्तिबाट टाउकोमा गोली लागेका उनलाई त्यही दिन सेनाको हेलिकप्टरमार्फत काठमाडौ‌ ल्याइएको थियो । 
काठमाडौ‌ शिक्षण अस्पतालमा उपचाररत आलमको स्थिति सुरु देखिनै चिन्ताजनक रहेको उपचारमा खटिएका डाक्टरहरुले बताउँदै आएका थिए । 
कन्चटमा गोली लागेका आलमको म‌गलबार नै ब्रेन डेड भएको थियो । उनी घाईते भएसँगै गृहमन्त्री अस्पताल पुगि उम्मेद्वारको सुरक्षा व्यवस्था गर्ने बताएका थिए ।  
स्रोत: नेपाली संचारमाध्यम