बारा क्षेत्र नम्बर ४ का एमाले उम्मेदवार मोहम्मद आलमको मृत्यु भएपछि पुन: नयाँ उम्मेदवारका लागि अवसर प्रदान गरिने

काठमाडौं । बारा क्षेत्र नम्बर ४ का एमाले उम्मेदवार मोहम्मद आलमको मृत्यु भएपछि अव सो स्थानमा नयाँ उम्मेदवारका लागि अवसर प्रदान गरिने भएको छ । 
निर्वाचन आयोगका एक उच्च अधिकारीका अनुसार उम्मेदवारको मृत्युको सम्बन्धमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आधिकारीक जानकारी प्राप्त भएपछि आयोगले नयाँका लागि प्रक्रिया प्रारम्भ गर्नेछ । 
आगामी मंसिर ४ गते नै मतदान हुने गरी अन्य उम्मेदवार कायमै राखी आयोगले सम्बन्धित दल अर्थात नेकपा एमालेलाई सो क्षेत्रबाट नयाँ उम्मेदवार मनोनयन गर्न समय दिएर सूचित गर्ने ती अधिकारीले जनाएका छन् । RSS, IMAGECHANNEL