आमाघर सञ्चालक दिलशोभा श्रेष्ठमाथिको नैतिकतासम्बन्धि आरोपबारे प्रेस काउन्सिल नेपालद्धारा छानबिन सुरु

काठमाडौं, फाल्गुन १९ – आमाघर सञ्चालक दिलशोभा श्रेष्ठमाथिको नैतिकतासम्बन्धि आरोपबारे प्रेस काउन्सिल नेपालले छानबिन सुरु गरेको छ ।
श्रेष्ठमाथि लगाइएको आरोप सत्य/तथ्यामा आधारित भए/नभएकोबारे अनुसन्धान गर्न छानबिन सुरु गरेको काउन्सिल अध्यक्ष बोर्णबहादुर कार्कीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
‘समाजसेवी दिलशोभा श्रेष्ठमाथि लगाइएको यौन दुराचारको आरोप सत्य/तथ्यमा आधारित छ/छैन ? सो समाचार प्रयोजित नियोजित हो/होइन ? यसबाट पत्रकारिता पेशाका मूल्य-मान्यता र पत्रकारले पालना गर्नुपर्ने आचारसंहितता उल्लंघन भएको छ/छैन ? आदि विषयमा प्रेस काउन्सिल नेपालले अनुसन्धान र छानबिन सुरुवात गरेको छ,’  विज्ञप्तीमा लेखिएको छ, ‘यस सम्बन्धमा आवश्यक सहयोग गरिदिनुहुन सम्बद्ध पक्षहरुलगायत सबैसँग प्रेस काउन्सिल नेपाल हार्दिक अनुरोध गर्दछ ।’
काउन्सिलले सञ्चारजगत र आम जनतामा भएका टिप्पणीले समाचारको सत्य/तथ्यमा प्रश्न उठेको उल्लेख गरेको छ । उसले प्रेस स्वतन्त्रताको दुरुपयोग र पत्रकार आचारसंहिताको उल्लंघन भएको टिका टिप्पणी भएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
 
 EKANTIPUR
प्रकाशित मिति: २०७० फाल्गुन १९