सिरियाको दमस्कसमा सिरियाली सेना र विद्रोहीबीच व्यापक झडप, १० जना प्रदर्शनकारी मारिए

चैत्र २१ । सिरियाको दमस्कसमा सिरियाली सेना र विद्रोहीबीच व्यापक झडप भएको छ । दमस्कसको म्लेहिया राज्यमा अखडा जमाइ बसेका सय भन्दा बढी नागरिकहरुलाई लक्षितगरि गराइएको आक्रमणमा १० जना प्रदर्शनकारी मारिएका छन् ।
प्रदर्शनकारीलाई म्लेहियाबाट तितरबितर गर्ने क्रममा भएको झडपमा २५ भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । झडपकै क्रममा सिरियाली सेनाले मोर्टार तथा बम विस्फोट गराइ उनीहरुको हत्या गरेको भन्दै प्रदर्शनकारीहरुले केही सरकारी कार्यालयहरुमा आगजनी समेत गराएका छन् ।
मोर्टार आक्रमणकै कारण म्लेहिया राज्यका थुप्रै भवनहरु भत्केका छन् । सिरियमा सरकार विरुद्धको संघर्ष चार वर्ष पूरा गरी पाँचौ वर्षमा प्रवेश गर्दा पनि प्रदर्शन यथावत छ । १ लाख ५० हजार प्रदर्शनकारी मारिइसक्दा पनि दमस्कस लगायत अन्य सहरहरुमा प्रर्दशन जारी नै छ ।
उता, शरणार्थीको रुपमा छिमेकीमुलुक पलायन भएका सिरियाली नागरिकको संख्या १० लाख नाघेको छ । लेवनानमा रहेका शरणार्थीहरुको अवस्था निकै नै नाजुक रहेको छ भने अन्य मुलुकमा रहेकाहरुका पनि खाद्यान्न अभावका कारण भोकभोकै बस्न बाध्य छन् । हजारौं बालबालिका पढाइबाट बन्चित भएका छन् । (एजेन्सी)