संविधानसभा अन्तर्गतका विषयगत समितिहरुको सभापतिको निर्विरोध निर्वाचित घोषणा

काठमाडौं, वैशाख १२ । संविधानसभा अन्तर्गतका विषयगत समितिहरुको सभापतिको निर्वाचन  भएको छ । संसदमा रहेका मुख्य दलहरुले आपसी सहमतिका आधारमा समितिका सभापतिका लागि हिजो नाम दर्ता गराएका थिए ।
संवैधानिक समितिको सभापतिमा एमाओवादीका नेता डा. बाबुराम भट्राईको नाम दर्ता भएको थियो । उनलाई कांग्रेसका पुर्णबहादुर खड्काले प्रस्ताव गरेका थिए भने एमालेका सुरेन्द्र पाण्डेले समर्थन गरेका थिए ।
त्यसैगरी, संविधान मस्यौदा समितिका सभापतिका लागि कांग्रेस महामन्त्री कृष्ण सिटौलाको उम्मेदवारी परेको छ । उनलाई एमालेका भानुभक्त ढकालले प्रस्ताव गरेका थिए भने एमाओवादीका गिरीराजमणि पोख्रेलले समर्थन गरेका थिए ।
त्यसैगरी, एमाले नेता विष्णु पौडेलको उम्मेदवारी अभिलेख अध्ययन तथा निक्र्योल समितिको सभापतिका लागि परेको छ । उनलाई कांग्रेसका बलवबहादुर केसीले प्रस्ताव र एमाओवादीका हरिबोल गजुरेल समर्थन गरेका थिए ।
त्यसैगरी, कांग्रेसका बद्री पाण्डे प्रस्तावक र एमाओवादीका जयन्ती राईको समर्थनमा फोरम नेपालकी लक्ष्मी चौधरीले क्षमता अभिबृद्धि समितिको सभापतिको लागि उम्मेदवारी दर्ता गराएकी छिन् ।
नागरिक सम्बन्ध समितिको सभापतिमा साना दलका तर्फबाट नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेलाई आग्रह गरिएकोमा उनले अस्वीकार गरेपछि प्रमिला राणालाई उम्मेदवार बनाइएको छ ।
संवैधानिक समितिमा खम्बुवानका रामकुमार राईले पनि उम्मेदवारी दिएका छन् । समितिका सभापतिहरुका लागि एकल उम्मेदवारी परेकाले आज निर्विरोध घोषणा हुने भएको छ । IMAGEKHABAR