काठमाडौं, जेष्ठ २३ । संविधानसभाको संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिमा नागरिकलाई सैन्य तालिम दिनेबारे मुख्य तीन दलले गरेको सहमति अनुमोदन हुन सकेन । नयाँ संविधानका विवादित विषय तथा राष्ट्रिय हितको संरक्षण समितिका विवादित विषयमा समितिमा छलफल भएको थियो ।
शीर्ष नेताहरुसमेत उपस्थित बैठकमा १८ वर्ष उमेर पुगेका नागरिकलाई सैन्य तालिम दिनेबारे छलफल भएपनि सदस्यहरुले त्यसलाई स्वीकार गरेनन् । केही सभासदको भनाइ सुनिसकेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेलले यसअघि भएको सहमति अनुसार नै अघि बढ्ने प्रस्ताव राखेका थिए ।
अघिल्लो संविधानसभामा तीन दलले