पूँजी बजारमा बृद्धि जारी

काठमाडौं, जेष्ठ २४ । यस साता पनि पूँजी बजारमा बृद्धि जारी रह्यो । गत साता पाँच अंकले बढेको नेप्से यस साता भने दोहोरो अंकले बढ्यो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १० दशमलब १५ अंकले बृद्धि भइ अन्तिम दिन ८ सय ७९ दशमलब ३३ अंकमा पुग्यो ।
यस साता वाणिज्य बैंक, टेलिकम सूचिकृत अन्य र वित्त समूहमा बृद्धि आएसँगै साताको नेप्से बढेको हो । यस साता कारोबार परिमाणमा पनि बृद्धि आयो । यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ७२ कम्पनीको २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ बराबरका ५४ लाख ८६ हजार बराबर कित्ता सेयरहरु खरिद-बिक्री भए ।
गत साता १ सय ५८ कम्पनीको एक अर्ब ३० करोड ६० लाख रुपैयाँ बराबरका ३१ लाख कित्ता सेयरहरु खरिद