– टीका राना
सन् २०१५ को अक्टोबर २४ सम्ममा विश्वभरमा एमआरपी लागू गरी सक्नुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन सङ्गठनको नियमअनुसार नेपालमा पनि सरकार ले हस्तलिखित पासपोर्ट हरु लाई बिस्थापित गर्दै नागरिकहरु लाई एम आर पि पासपोर्ट लिन उर्दी जारी गरे पश्चात एम आर पि लिने को घुइचो लागेको छ।
आफ्नो पासपोर्टमा म्याद हुँदा हुँदै पनि अर्को राहदानी बनाउनु पर्ने, नयाँ बनाउदा फेरी पुरै शुल्क तिर्नु पर्ने जस्ता हैरानी त जनताले सामान्य रुपमा लिइ सके त्यसका साथ् साथै राहदानी बिभागका कर्मचारीहरु को लापरवाहीका करण अनेक सास्ती झेल्नु परेको छ। कहिले एउटाको नाम अर्का को बाबुको नाम, कहिले नाम थार मा स्पेलिङ बिगारनु, राहदानी बितरणमा ढिलाई गर्नु, आफ्नो राहदानीमा भएको गल्ती लाई देखायो भने उल्टो कर्मचारीबाट गाली गलौज सहनु पर्ने समस्याले जनताहरु आजित छन। यस्तै भएको छ बाग्लुङ