टाटासुमो खस्दा १ को मृत्यु, १० घाइते

– प्रताप विष्ट                
हेटौंडा, असार २२ – सर्लाहीबाट काठमाडौ जाँदै गरेको ना १ ज ४२५५ नम्बरको टाटासुमो मकवानपुरको कुलेखानी गाविस ६ स्थित कुलेखानी ड्याम नजिकै सडकबाट खस्दा एक यात्रुको घटनास्थलमै मृत्यु भएको छ । सुमोमा सवार १० को अवस्था गम्भीर छ ।
घाइते सबैलाई उपचारको लागि काठमाडौं लगिदै गरेको प्रहरीले जानकारी दिएको छ । सुमो सडकबाट एकसय फिट तल खसेको थियो ।