सुडानमा भारी वर्षापछि आएको बाढीका कारण १७ जनाको मृत्यु

श्रावण २३ । सुडानमा भारी वर्षापछि आएको बाढीका कारण १७ जनाको मृत्यु भएको छ भने केही हराइरहेका छन् । बाढीका कारण मध्य सुडानका हजारौं घर डुबानमा परेका छन् भने हजारौं नागरिक विस्थापित भएका छन् ।
बाढीका कारण राजधानी खार्तुनको जनजीवन अस्तव्यस्त बनेको छ ।
यसैबीच, सुडान सरकारले बाढीमा हराइरहेकाहरुको खोजी तीव्र पारिएको जनाएको छ । (एजेन्सी)