संबैधानिक राजनीतिक संवाद तथा सहमति समिति मातहतको उपसमितिले तराईका विभिन्न नौ शसस्त्र समूहबाट हतियार बु्झेको छ।
संवाद समितिका सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा गठित प्रारम्भिक वार्ता उपसमितिले शुक्रबारसम्ममा जनकपुरदेखि बुटवलसम्म पुगेर ९ वटा सशस्त्र समूहसँग विभिन्न हातहतियार बुझेको छ।
समितिका संयोजक ढुंगानाका अनुसार, उपसमितिले तराईमा सशस्त्र गतिविधि गर्दै आएका समूहमध्ये धनुषा र राजविराजमा तीन, तीन समूहसँग, पर्सा, हेटौंडा र कपिलबस्तुमा एक, एक समूह गरी जम्मा ९ समूहबाट हतियार बुझेको हो। उपसमितिले बुझेका विभिन्न हातहतियारहरु संबन्धीत जिल्लाका प्रमुख जिल्ला अधिकारीको कार्यालयमा बुझाएको उनले बताए।
यसैबीच उपसमितिले शुक्रबार बुटबलमा मधेस तराई टाइगर्स पार्टीसँग पनि वार्ता गरी सहमति गरेको ढुंगानाले बताए।
यस अघि पहिलो चरणमा पूर्वीपहाडी भागका ७ र तराईका पाच गरी जम्मा १२ सशस्त्र गतिविधि गरिरहेका समूह वार्ता गरी संविधानसभाद्वारा संविधान निर्माणको वातावरण निर्माणका लागि सहमति कायम गरेको थियो।
– SETOPATI