जोर्डनले इस्लामिक अतिवादी संगठन आईएसको नियन्त्रणमा रहेका आफ्ना विमान चालक मोआज अल कसासबेहलाई छुटाउन अन्तिमसम्म सबै खाले प्रयास गर्ने जनाएको छ ।
बन्धक बनाइएका दुई जापानी नागरिकको आइएसले एकपछि अर्को गर्दै शीरच्छेदन गरी हत्या गरेपछि जोर्डनले यस्तो प्रतिबद्धता जनाएको हो ।
आईएसविरुद्ध अमेरिकी नेतृत्वमा रहेको गठबन्धन सेनालाई सघाउन जाँदा पायलट लेफ्टिनेन्ट मोआज अल कसासबेहलाई आईएसले गत डिसेम्बरमा कब्जामा लिएको थियो ।
उनलाई सुरक्षित छुटाउन जोर्डन मृत्युदण्डको सजायँ पाएको एक इराकी बन्दी छाड्न तयार भएको छ ।
तर कसासबेह ज्यूँदो रहे नरहेको पुष्टि गर्ने चुनौति रहेको सरकारी अधिकारीहरुले जनाएका छन् । AGENCIES