केन्यामा आतंकवादी समूह अल शबाबले सयौंको हत्या गरेपछि छिमेकी मुलुक युगाण्डामा पनि त्यस्तै आक्रमणको आशंकामा सुरक्षा सतर्कता बढाइएको छ ।
युगाण्डा प्रहरीले केन्याकै जस्तो हिंसा आफ्नो देशमा पनि मच्चाउने आशंका गर्दै सुरक्षा सतर्कता बढाएको हो ।
विहीबारमात्र केन्याको गरिसा शहरको एक विश्वविद्यालयमा अल शबाबले आक्रमण गर्दा एक सय ५० जना मारिएका थिए ।
त्यसलगत्तै युगाण्डा प्रहरीले पनि पूर्वी शहर जिन्जा र राजधानी कम्पाला जोड्ने राजमार्गस्थित एक शैक्षिक संस्थामा यस्तै आक्रमणको आशंका गरेको हो ।
अधिकारीहरुले युगाण्डाभर उच्च सुरक्षा सतर्कता अपनाइएको बताएका छन् ।
सर्वसाधारणले भने आक्रमणकाबारे जानकारी हुँदाहुँदैपनि पर्याप्त सुरक्षा व्यवस्था नगरिएको आरोप लगाएका छन् ।
केन्याको गारिस विश्वविद्यालयमा गरिएको आक्रमणमा १ सय ४७ जना मारिनुका साथै ८० जना घाईते भएका थिए भने ५ सय ८७ विद्यार्थीले भागेर ज्यान जोगाएका थिए । – एजेन्सी