तस्बिर: EFE/EPA/DIEGO AZUBEL
काठमाडौं । महाभूकम्पमा परी अहिलेसम्म ७ हजार पाँच सय ५७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । भने सबै ठाउँमा राहत वितरण कार्य जारी छ ।
सिन्धुपाल्चोकमा दुई हजार नौ सय ११, काठमाडौंमा एक हजार दुई सय दुई, नुवाकोटमा नौ सय चार, धादिङमा छ सय ८०, रसुवामा ४ सय ३३ र गोर्खामा चार सय १२ जना गरी मृतकको संख्या त्यति पुगेको हो ।
गृह मन्त्रालयले आज बिहान दिएको विवरण अनुसार, घाइतेको संख्या १४ हजार ५ सय ३६ पुगेको छ ।
एक लाख ९१ हजार ५८ वटा निजी घर र दश हजार सात सय आठ वटा सरकारी भवन पूर्णत क्षतिग्रस्त भएको छ ।
एक लाख ७५ हजार एक सय ६२ वटा निजी र १४ हजार सात सय ४१ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको मन्त्रालयले जनाएको छ । इमेजखबरमा समाचार छ ।