काठमाडौं । भूकम्पको चपेटामा परी घाइते भएका विरामीलाई अहोरात्र खटेर निःशुल्क सेवा गर्ने चिकित्सकहरु सम्मानित भएका छन् ।
चिरायु अस्पतालले काठमाडौंमा कार्यक्रम गरी चिकित्सकहरुलाई सम्मान गरेको हो । चिकित्सकहरुले श्रममन्त्री टेकबहादुर गुरुङबाट सम्मान ग्रहण गरेका हुन् ।
सम्मानित हुनेमा वरिष्ठ मेरुदण्ड चिकित्सक, हाडजोर्नी शल्यचिकित्सक एवं कर्मचारी छन् । महाभूकम्प गएको एघारौं दिन वित्दा समेत हाल सम्म भूकम्प पीडितसम्म पर्याप्त राहत पुग्न भने सकेको छैन । इमेजखबरमा समाचार छ ।