सिन्धुलीको सुनकोशी क्षेत्रमा अवस्थित महाभूकम्पका पीडितहरुलाई सरकारी निकायले राहत र उद्धारमा कुनै सहयोग गरेन

सिन्धुली  । सिन्धुलीको सुनकोशी क्षेत्रमा अवस्थित महाभूकम्पका पीडितहरुलाई सरकारी निकायले राहत र उद्धारमा कुनै सहयोग नगरेपछि स्थानीयकै सामूहिक प्रयासमा अस्थाइ पालको जोहो गरेर जीवन गुजार्न बाध्य भएका छन् ।



महाभूकम्पले सुनकोशी नदी तटीय क्षेत्रका क्रमशः खुर्कोट, हाइवार, बलेनी, ग्वालटार, चैनपुर, झगाझोली, दुम्जा जस्ता बाक्ललो मावनबस्तीका सबै घरहरु भत्किएका छन् भने कतिपय घरहरु बस्नै नहुने गरी चिरा-चिरा भै चर्किएपछि पीडितहरुले गाउँकै थोत्रा पालहरुको संकलन गरी बालकदेखि बृद्धसम्मलाई ओत लगाउन थालेका छन् ।



महाभूकम्पले घर भत्कँदा घरभित्रका सबै अन्नसमेत नोक्सान भएपछि पीडितहरुको खानपानमासमेत कठीनाइ उत्पन भएको छ भने महाभूकम्पबाट बचेका घरपालुवा जनावरसमेत दिन