महाभूकम्पपीडितका लागि राहत, पुर्नस्थापना र पुर्ननिर्माणलगायत सम्बन्धमा संसदमा २७ बुँदे संकल्प प्रस्ताव पेश

काठमाडौं, वैशाख २६ – महाभूकम्पपीडितका लागि राहत, पुर्नस्थापना र पुर्ननिर्माणलगायत सम्बन्धमा संसदमा २७ बुँदे संकल्प प्रस्ताव पेश भएको छ । विपदको यस घडीमा एकताको सन्देश दिँदै सिंगो संसदले शनिबार साझा संकल्प ल्याएको हो ।
प्रस्तावमा केन्द्रमा प्रधानमन्त्रीको नेतृत्वमा गठित सर्वदलीय संयन्त्रको मातहतमा जिल्ला, नगर र गाऊ स्तरमा पनि सर्वदलिय संयन्त्र गठन गर्नेलगायत बुँदा समावेश छन् । त्यसैगरी पुनस्र्थापना र पुनर्निर्माण कार्यमा नीतिगत परामर्शका लागि सर्वदलीय सहभागीता र विज्ञहरु  समेतको संलग्नतामा प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय परामर्श समिति अविलम्ब गठन गर्ने उल्लेख छ ।
संकल्प प्रस्तावले निर्देश गरेअनुरुपका कार्यहरु कार्यान्वयन भए नभएको अनुगमन गर्न