विनाशकारी दोस्रो ठूलो भूकम्पको धक्कासँगै राजधानी काठमाडौंको जनजीवन फेरि भयभित, सर्वसाधारण सडकमा, क्षतिको विवरण संकलन हुन बाँकी

Nepalese people gather in the middle of a road during an earthquake in Bhaktapur, Nepal, Tuesday, May 12, 2015. Another major earthquake has hit Nepal near the Chinese border between the capital of Kathmandu and Mount Everest.(AP Photo/Tashi Sherpa)

सर्वसाधारण सडकमा तस्बिर: एपी !

 

काठमाडौं । विनाशकारी भूकम्पको १७ दिनपछि दोहोरिएको दोस्रो ठूलो भूकम्पको धक्कासँगै राजधानी काठमाडौंको जनजीवन फेरि भयभित बनेको छ । 



मध्यान्ह कार्यालय समयमा अचानक भूकम्पको ठूलो धक्का आएपछि सर्वसाधारण सडकमा निस्किएका छन् । काठमाडौंको बानेश्वर चोकदेखि माइतीघर क्षेत्रमा सडक जाम भएको छ । सडकको माहोल वैशाख १२ गतेको पहिलो भूकम्पपछिकै जस्तो छ । 



मध्यान्ह करीव १ बजेको ठूलो भूकम्प लगत्तै सानो धक्का दोहोरिएकाले सर्वसाधारण घर र कार्यालयबाट बाहिर छन् । सडकमा गाडी र मोटरसाइकलहरु रोकेर राखिएका छन् । 



पसलहरु बन्द गरेर सर्वसाधारण बाहिर खुला ठाउँमा निस्किएका छन् । सबैले आफन्तलाई फोन गरिरहेका कारण टेलिकमको नेटवर्कले राम्रोसँग काम गर्न सकेको छैन । 



भूकम्पबाट थप भौतिक संरचनाहरु भत्किएको आशंका गरिएको छ । प्रहरीले क्षतिको विवरण संकलन हुन बाँकी रहेको जनाएको छ । अन्लाईनखबरमा समाचार छ ।