दोस्रो भूकम्पका कारण दोलखामा मात्रै ५७ जनाको मृत्यु, सिन्धुपाल्चोकमा मर्नेको संख्या ३२२४ पुग्यो, रसुवामा भीषण पहिरो

MA325. Sankhu (Nepal), 09/05/2015.- A Nepalese young girl is carried by her mother as they walk on the ruin of earthquake damaged houses in Sankhu, Nepal, 09 May 2015. Residents of remote Nepal villages said on 08 May 2015 that they had still not received any government aid since the earthquake which struck last month, as the United Nations said response to its flash appeal had been slow. 'Even after two weeks, we have not received government assistance,' said Rajesh Katuwal, a resident of Sindupalchowk province north of Kathmandu, where 3,000 died of the estimated 7,800 nationwide in the quake. (Terremoto/sismo) EFE/EPA/MAST IRHAM
साखु । तस्बिर: EFE/EPA/MAST IRHAM !
 
दोलखामा मंगलबार गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । मंगलबारको भूकम्पबाट करिब १ सय ३१ जना घाइते रहेको नेपाली सेनाले जनाएको छ ।
यस्तै, भूकम्पबाट उत्तरी दोलखाको आराङ गाविसमा राहत लिन गएका करिब ४० जना बेपत्ता रहेको नेपाली सेना वर्जबहादुर गणका मेजर राजन दाहालले जानकारी दिए ।
उता, गोरखामा पनि मंगलबारको भूकम्पबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।
यता, रामेछापमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । भूकम्पबाट घाइते भएका ५० मध्ये १३ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
ओखलढुंगामा भूकम्पपछि बस्तीमाथिबाट खसेको पहिरोले हर्र्कपुर र प्राप्चाका कम्तिमा ७० घर परिवार विस्थापित भएका छन् । प्राप्चा गाविसको केउरेनीका ४५ र हर्कपुरको केराबारीका २५ घर परिवार विस्थापित भएको स्थानीयले बताएका छन् ।
ओखलढुंगामा माम्खाको भडारे, मूलखर्ककको ढाँडखोला, बरुणेश्वर, रावादोलुका बस्तीहरु पनि पहिरोको उच्च जोखिममा छन् । इमेजखबरमा समाचार छ ।

मङ्गलबार गएको शक्तिशाली पराकम्पनपछि दोलखामा मात्रै ३६ जनाको मृत्यु भएको छ भने एकसयभन्दा बढी घाइते भएका छन्। 
 
प्रमुख जिल्ला अधिकारी प्रेमलाल अधिकारीका अनुसार दोलखामा यसअघि विनाशकारी भूकम्पबाट जोगिएका घरहरु मङ्गलबारको शक्तिशाली पराकम्पनपछि पूर्णरुपमा क्षतिग्रस्त भएका छन्। 
 
यसैगरी दोलखामा उद्धारका लागि गएको अमेरिकी हेलिकप्टर मङ्गलबार अपराह्नदेखि सुनखानी आसपास क्षेत्रमा सम्पर्कविहीन भएपछि खोजीका लागि नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ गएको प्रजिअ अधिकारीले जानकारी दिए।
 
सिन्धुपाल्चोमा ११ को मृत्यु 
 
यसैगरी पराकम्पनपछि सिन्धुपाल्चोकमा ११ जनाको मृत्यु भएको छ भने एकसयभन्दा बढी गम्भीर घाइते भएका छन्। 
 
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीका अनुसार जिल्ला सदरमुकामलगायत सबै गाविस प्रभावित भएको र १२ गतेको भूकम्पबाट बचेको घरहरु मङ्गलबारको पराकम्पनपछि क्षतिग्रस्त बनेका छन्। 
 
जिल्लामा १२ गतेको भूकम्पमा परी तीन हजार २१३ र मङ्गलबार गएको पराकम्पनपछि ११ गरी तीन हजार २२४ जनाको मृत्यु भइसकेको छ। 
 
रसुवामा भीषण पहिरो 
 
यस्तै मङ्गलबार गएको भीषण पराकम्पनका कारण जिल्लाका विभिन्न स्थानमा ठूला ठूला पहिरो गएका छन् । 
 
प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद भट्टराइका अनुसार गोसाइकुण्ड, स्याफ्रुवेसी, हाकु, मैलुङलगायतका स्थानमा ठूला पहिरो गएको भए पनि हालसम्म मानवीय क्षति भएको छैन । 
 
यसअघि १२ गते आएको भूकम्पमा परी जिल्लामा ५६४ जनाको मृत्यु भएको र रसुवागढी, लाङटाङ, मैलुङलगायत क्षेत्रमा खोजीकार्य जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको उनले बताताए। रासस