दोलखामा भूकम्प पिडीतको उद्धारमा गएको सम्पर्कविहीन अमेरिकी हेलिकप्टर फेला परेको संकेत

US Marine helicopter missing in Nepal

चरिकोट । तस्बिर: Lance Cpl. Mandaline Hatch/Marine Corps Photos 



काठमाडौं, बैशाख ३० । हिजोदेखि हराएको अमेरिकी सेनाको मरिन यूएच वानएच हेलिकप्टर दोलखाको सुनखानी गाविसको वडा नम्बर ४ र ५ को बीचमा पर्ने वगुवा खोलामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको बताइएको छ ।



दोलखाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले स्थानीय रामकाजी श्रेष्ठलाई उद्धृत गर्दै सो जानकारी दिएका हुन् ।



अहिले सो स्थानमा सुरक्षाकर्मी पठाइएकाले उनीहरु त्यहाँ पुगेपछिमात्र आधिकारिक पुष्टि हुने उनले बताए ।



दोलखाको सुनाखानी क्षेत्रमा भूकम्प पिडीतको उद्धारमा गएको सो हेलिकप्टर हिजो दिउंसो २ः३० बजेबाट सम्पर्कविहीन भएको थियो ।



वेपत्ता हेलिकप्टर खोजीको लागि सेनाका चार वटा हेलिकप्टर परिचालित छन् भने पैदल मार्गबाट पनि हेलिकप्टरको खोजी भईरहेको छ ।



सो हेलिकप्टरमा दुई अमेरिकी र एक नेपाली सवार थिए । अमेरिकी रक्षा मन्त्रालयले भने सो हेलिकप्टरमा ८ जना रहेको दावी गरेको छ । इमेजखबरमा समाचार छ ।