रसुवाको लाङटाङका पूरै बस्तीहरु खाली, गाउँलेलाई धुन्चे र काठमाडौं ल्याइयो

In this Monday, April 27, 2015 photo, a Nepalese man walks over fallen rocks and past a crushed car on the way to Dhunche, Nepal, a village in Langtang National Park, two days after a 7.8-magnatude earthquake hit the region. The photographer, Joe Sieder, said the man was part of a group of Nepalese workers and trekkers who left Syabrubesi earlier that day and hiked about 30 km (19 miles) for 13 hours, mostly over boulder-strewn roads with some small landslides along the way to make their way to a passable road. (Joe Sieder via AP)  MANDATORY CREDIT

रसुवाको धुन्चे-लाङटाङ सडक, तस्बिर: एपी !

 

रसुवा  । रसुवाको लाङटाङ गाउं विकास समितिमा भूकम्पको धक्काको कारण गएको हिम पहिरोले बस्न नसक्ने भएपछि अहिले पूरै बस्ती खाली गराइएको छ ।



पूरै गाविसका बासिन्दालाई हेलिकप्टर मार्फत उद्धार गरी धुन्चे र काठमाडौं ल्याइएको हो । बैशाख १२ गतेको भूकम्पले लाङटाङ हिमालबाट ग्लेसियर खसेपछि सुन्दर गाउंको अस्तित्व नै मेटिएको छ ।



बर्षको १५ हजारभन्दा बढी स्वदेशी र विदेशी पर्यटक आउने उक्त बस्तीमा हिम पहिरो पछि मिश्रित हिउंका डल्ला, हिउंमा पुरिएका मानव कंकाल र दबदबे हिलो मात्र छ ।



लाङटाङ हिमश्रृंखलाबाट अहिले पनि हिम पहरो आउने क्रम रोकिएको छैन । लाङटाङ गाविस नेपालको तेस्रो ठूलो पर्यटकीय गन्तव्य समेत हो ।



भूकम्पपछि गएको हिम पहिरोमा पुरिएर लाङटाङमा मात्र १ सय २८ जनाको मृत्यु भएको छ भने अझै १ सय ८६ जना बेपत्ता छन् ।



रसुवाभरमा भने ५ सय ६४ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धुन्चेले जनाएको छ ।



बैशाख १ गतेदेखि १२ गतेसम्म रसुवा प्रवेश गरेका ९ सय १२ जना बिदेशीहरुमध्ये ३ सय ५२ जनाको उद्धार गरिएको छ भने अझै ३ सय ५२ जना सम्पर्कमा आएका छैनन् ।



हिम पहिरोको कारण यहांसम्म पुग्ने बाटोहरु समेत ध्वस्त भएका छन् । लाङटाङ गाविस सदरमुकाम धुन्चेबाट सांढे २ दिनको पैदल दूरीमा रहेको छ । इमेजखबरमा समाचार छ ।