अमेरिकी सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो

मङ्गलबारदेखी हराइरहेको अमेरिकी  यूएच-१हुएइ हेलिकप्टर दोलखा जिल्लाको कालिञ्चोक र गार्थलीबीचको तिनधुरे डाँडामा दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको छ।  दुर्घटनाग्रस्त हेलिकप्टर स्थानीयले भेटेका थिए।
 
स्थानीयको खबर अनुसार गएको नेपाली सेनाको हेलिकप्टरले दुर्घटनाग्रस्त हेलिकप्टरका भग्नावशेष देखेको खबर गरेको छ। हेलिकप्टर ११ हजार २ सय फिट माथि तीनधुरे डाँडामा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनाग्रस्त हेलिकप्टरको  पखेटाबाहेक सबै भाग जलेको अवस्थामा रहेको छ।
 
नेपाली सेना स्रोतका अनुसार स्थानीयले ५ वटा शव र हेलिकप्टरका भग्नावशेष छरिएको अवस्थामा रहेको  खबर गरेका थिए।  निगालो घारीले घेिरएको सानो पोखरीछेउ हेलिकप्टर दुर्घटनामा परेको पनि स्थानीयले बताएका थिए।
 
हेलिकप्टरमा दुई नेपाली सैनिक सहित ६ जना अमेरिकी सैनिक सवार थिए। काठमाडौंबाट भुकम्पपीडितको उद्दारका लागि उडेको हेलिकप्टर  मङ्गलबार अपरान्ह ३.१५बजेदेखि सम्पर्कविहीन भएको थियो। सेतोपाटीमा समाचार छ ।