चौतारा –
-६८ हजारमध्ये ६३ हजार घर ध्वस्त
-सबै ५५७ विद्यालयका भवन भत्किए
-कम्तीमा दर्जन ठाउँका बासिन्दा अन्यत्र सार्नुपर्ने
-७९ मध्ये ५२ स्वास्थ्य चौकी पूर्ण ध्वस्त
-जिल्लाभर पालमुनि प्रहरी
-सदरमुकामका २५ मध्ये २३ सरकारी भवन काम नलाग्ने
-धेरैजसो ग्रामीण सडक क्षतिग्रस्त
-विद्युत् आयोजनाहरू भत्किए
कन्तिपुर दैनिकमा प्रकासित समाचार अनुसार महाभूकम्पले सबैभन्दा प्रभावित सिन्धुपाल्चोकमा ६३ हजार घर ध्वस्त भएको प्रारम्भिक अनुमान छ । बचेका छन् करिब ५ हजार घर मात्रै । पहिरोको जोखिमले उत्तरी भेकका बस्तीहरू धमाधम रित्तिँदै गएका छन् । सबैजसो विकास संरचना ध्वस्त छन् । सदरमुकामका सबै कार्यालय भत्केपछि सरकारी सेवा अवरुद्ध छ । कृषि सेवा केन्द्र, वन, पशुलगायत सदरमुकाम बाहिरका कार्यालयसमेत भत्केका छन् । प्रहरी, स्वास्थ्य चौकी र अस्पताल पालमुनि सञ्चालनमा भइरहेका छन् । विद्यालयका सबै ५ सय ५७ भवन ध्वस्त भएका छन् ।
मुख्य राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध छन् । बाह्रबिसे-तातोपानी खण्ड सडकमा ठूलो पहिरो चलिरहँदा नेपाल