गत वैशाख १२ गते गएको महाभूकम्पमा परी लाङटाङ क्षेत्रमा हराइरहेका १० जना नेपाली सेनाहरु अझै बेपत्ता

भक्तपुर । गत वैशाख १२ गते गएको महाभूकम्पमा परी लाङटाङ क्षेत्रमा हराइरहेका नेपाली सेनाका उपसेनानी सविन खड्कासहित अन्य दर्जाका १० जना नेपाली सेनाहरु अझै बेपत्ता छन् ।
रसुवाको धुन्चेस्थित नारायाणदल गणमा कार्यरत खड्कासहित १० जना सेनाको खोजीकार्यमा सेनाले ढिलाइ गरेको पीडित आफन्तहरुको गुनासो रहेको छ ।
रफत सञ्चार क्लबले सोमबार पीडित आफन्तहरुसँग गरेको साक्षत्कार कार्यक्रममा उनीहरुले खोजीकार्यलाई तीव्रता दिनुपर्ने बताए ।
लाङटाङ सुरक्षामा खटिएका सेनाहरुको भूकम्प गएलगत्तै आएको हिमपहिरोमा पुरिएर बेपत्ता भएको र सेनाले खोजीकार्यमा ढिलाइ गरेको पीडितहरुको दुःखेसो छ ।
उक्त हिमपहिरोमा परी पुरिनेहरुमा उपसेनानी खड्का, हवलदार ओमहरी कार्की, जयकुमार माझी, प्यूठ कुमार गुरुङ, सिपाही फूर्वा तामाङ, वीरेन्द्र मण्डल, मदन जलारी, सोमराज कुमाल, महेन्द्र आले, रामचन्द्र मण्डल रहेका छन् । इमेजखबरमा समाचार छ ।