भूकम्पमा ज्यान गुमाउनेहरुको संख्या ८ हजार ६१७, घाइते २१ हजार ७५० जना

काठमाडौं । भूकम्पमा ज्यान गुमाउनेहरुको संख्या ८ हजार ६१७ पुगेको छ । २१ हजार ७५० जना घाइते भएका छन् ।
नेपाल प्रहरीले मंगलबार विहान १० बजे सार्बजनिक गरेको विवरण अनुसार गत वैशाख १२ गतेको भूकम्पमा परी ८ हजार ४६८ जनाको मृत्यु भएको छ भने १८ हजार ५०५ जना घाइते भएका छन् । यस्तै गत वैशाख २९ गतेको भूकम्पमा १४९ जनाको मृत्यु भएको छ भने ३ हजार २४५ जना घाइते भएका छन् ।
सोमबार मात्रै २१ शव प्राप्त भएका थिए । ११ हजार ८११ जनालाई उद्धार गरिएको छ । खोजी उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, निजामती कर्मचारी, सरकारी स्वास्थ्यकर्मी र निजी स्वास्थ्यकर्मी खटिएका छन् ।
यसैगरी हालसम्म २७६ नेपाली र १०८ विदेशी नागरिक गरी ३८४ जना बेपत्ता छन् ।
७ लाख ५६ हजार २६६ घरमा क्षति पुगेको छ । पूर्ण क्षति भएको घरको संख्या ४ लाख ८८ हजार ७८९ छ । २ लाख ६७ हजार ४७७ घरमा आंशिक क्षति पुगेको गृहको तथ्यांक छ । अन्लाईनखबरमा समाचार छ ।