बारपाक केन्द्रबिन्दु रहेर गएको भूकम्पमा परी गोरखामा चार सय ४० को मृत्यु, २४ जना बेपत्ता

गोरखा । बारपाक केन्द्रबिन्दु रहेर गएको गोरखा भूकम्पमा परी एक विदेशी नागरिकसहित गोरखामा चार सय ४० को मृत्यु भएको छ । अझै २४ जना बेपत्ता छन् । करिब एक हजार पाँच सय भूकम्पपीडितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
जर्मनीका नागरिक प्रोफेसर डाक्टर मात्थियस् कुहलेसहित गोरखाका चार सय ४० को मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । केरौँजाको यारु बगरस्थित मनासलु पदमार्गमा हिँडिरहेका कुहले माथिबाट खसेको ढुङ्गा टाउकोमा बज्रेपछि घटनास्थलमा नै मृत्यु भएको थियो । कुहलेको शवलाई हिजै जर्मन पठाइसकिएको छ ।
अझै २४ जना बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको छ