संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी)को सहकार्यमा सिन्धुपाल्चोकबाट भूकम्पले भत्काएका संरचनाको भग्नावशेष हटाउने काम सुरु गरेको छ।
भूकम्पबाट बढी प्रभावित ९ जिल्लाका भत्किएका १६ हजार संरचनाको भग्नावशेष हटाउन स्थानीय बासिन्दालाई परिचालन गरिने युएनडिपीले जनाएको छ। भग्नावशेष हटाउने कार्यमा करिब ३४ हजार मानिसले अस्थायी काम पाउने भएका छन्। उनीहरूले ज्यालामा काम गर्ने छन्।
भग्नावशेष हटाउने कार्य पुनर्निमाणको पहिलो चरण भएकोले र यसलाई प्रभावित अन्य जिल्लामा पनि विस्तार गर्न सहयोगी संस्थासँग छलफल भइरहेको युनएनडिपीका सहायक प्रशासक म्याग्डी मार्टिन्ज सोलिमनले बताए। उनी भग्नावशेषको अवस्था बुझ्न केहीदिन अघि सिन्धुपाल्चोक पुगेका थिए।
नेपालका लागि संयुक्त राष्ट्र संघका आवासिय प्रतिनिधी जेमी गोल्डरिकले अब झन राम्रो संरचना निर्माण गर्नुपर्ने भएकाले त्यसका लागि विज्ञको सुझाव र लामो समय लाग्ने बताए।
भग्नावशेष हटाउने कार्यमा स्थानीयलाई निर्देश गर्न युनडिपीले राष्ट्रसंघीय स्वमयसेवक इन्जिनियरलाई खटाएको छ।
धेरै प्रभावित जिल्लामा तत्काल सामुदायिक संरचनाको पूनर्निर्माण गर्नुपर्ने देखिएको छ। विभिन्न जिल्लामा करिब ३० लाख मानिस भूकम्पबाट प्रभावित भएका छन्। सेतोपाटीमा समाचार छ ।