दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकम दुरुपयोग हुन नदिने प्रधानमन्त्री सुशील कोइरालाको प्रतिबद्धता

काठमाडौं  । प्रधानमन्त्री सुशील कोइरालाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकम दुरुपयोग हुन नदिने प्रतिबद्धता दोहो-याएका छन् ।
बुधबार बालुवाटारमा विभिन्न संघ-संस्थाले जम्मा गरेको रकम बुझ्दै प्रधानमन्त्री कोइरालाले कोषको रकम दुरुपयोग भए सूचना दिन आग्रह गरे । उनले कसैले रकम दुरुपयोग गरे कडा कारबाही गर्ने चेतावनी पनि दिए ।
कोइरालाले भूकम्पपीडितको उद्धार र राहतका लागि सरकारले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषमा नेपाल पर्यटन बोर्डले ५ करोड, नेपाल बाल चिकित्सक संघले १२ लाख, वीर अस्पतालले ३५ लाख २३ हजार, माछापुच्छ्रे बैंकले २६ लाख ३३ हजार, एपेक्स कलेजले १० लाख, बुढानिलकन्ठ स्कुलले ७ लाख ११ हजार, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले ३ लाख ३३ हजार रुपैयाँ जम्मा गरेका छन् । इमेजखबरमा समाचार छ ।