महाभूकम्पबाट मृत्यु हुनेको संख्या ८ हजार ६ सय ३१, घाइते २१ हजार ८ सय ३८ जना

काठमाडौं – गत बैशाख १२ गते गएको महाभूकम्प र त्यसपछिका पराकम्पनबाट बिहीबार विहान १० बजेसम्म मृत्यु हुनेको संख्या ८ हजार ६ सय ३१ पुगेको छ। २१ हजार ८ सय ३८ जना घाइते भएका छन्।
उक्त भूकम्पमा परी काठमाडौं उपत्यकामा १ हजार ७ सय २७ जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरीका अनुसार सो भूकम्पमा परी पुर्व क्षेत्रमा ५७ जना, मध्य क्षेत्रमा ६ हजार ३ सय ९४ पश्चिम क्षेत्रमा ४ सय ५० र मध्यपश्चिममा २ जनाले ज्यान गुमाएका छन्। यसैगरी भूकम्पमा परी घाइते हुनेहरुमा उपत्यकामा १२८२८, पूर्व क्षेत्रमा ४५५, मध्य क्षेत्रमा ७१८५, पश्चिम क्षेत्रमा १२८१, मध्य पश्चिम क्षेत्रमा ३६ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन् । मृतक ८५६५ जनाको शव आफन्तलाई बुझाई सकिएको छ । घाइतेमध्ये ६०१८ जना विभिन्न अस्पतालमा उपचाररत रहेकाे नेपाल प्रहरीले जनाएकाे छ।
प्रहरीका अनुसार हालसम्म नेपाली नागरिक २ सय ४० र विदेशी नागरिक १०६ जना बेपत्ता भएका छन् ।विनाशकारी भूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६७१८१, पूर्व क्षेत्रमा ४५९३०, मध्य क्षेत्रमा २००८६२, पश्चिम क्षेत्रमा १४५४२८, मध्य पश्चिम क्षेत्रमा ३१९५ र सुदूर पश्चिम क्षेत्रमा ५० गरी जम्मा ४६२६४६ भौतिक संरचनाहरु क्षती भएका छन् ।
नेपाल प्रहरीबाट काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खाद्यान्न, त्रिपाल, स्वास्थ्य शिविर सञ्चालन र पानीलगायतका राहत सामाग्री वितरण कार्य भइरहेको प्रहरीले जनाएको छ । भग्नावशेष हटाउने, सरसफाई गर्ने, सुरक्षा गस्ती ९पट्रोलिङ० गर्ने, उद्दार तथा खोज कार्यसमेतमा देशभर नेपाल प्रहरीबाट कुल ४४ हजार ६ सय २९ जना प्रहरी कर्मचारी परिचालित भएका छन् ।
५७, मध्य क्षेत्रमा ६३९४, पश्चिम क्षेत्रमा ४५० र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १२८२८, पूर्व क्षेत्रमा ४५५, मध्य क्षेत्रमा ७१८५, पश्चिम क्षेत्रमा १२८१, मध्य पश्चिम क्षेत्रमा ३६ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन् । मृतक ८५६५ जनाको शव आफन्तलाई बुझाई सकिएको छ । घाइतेमध्ये ६०१८ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।
 भूकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी ६, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र बिदेशी नागरिक ७९ जना तथा घाइते भएका नेपाल प्रहरी १८३, नेपाली सेना ६ जना, सशस्त्र प्रहरी ३२ र बिदेशी पर्यटक ५० जनाको संख्यासमेत उपरोक्त संख्यामै समाबेश गरिएको छ । यसैगरी हालसम्म नेपाली नागरिक २४० र विदेशी नागरिक १०६ जना बेपत्ता भएका छन् ।
यसैगरी उक्त विनाशकारी भूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६७१८१, पूर्व क्षेत्रमा ४५९३०, मध्य क्षेत्रमा २००८६२, पश्चिम क्षेत्रमा १४५४२८, मध्य पश्चिम क्षेत्रमा ३१९५ र सुदूर पश्चिम क्षेत्रमा ५० गरी जम्मा ४६२६४६ भौतिक संरचनाहरु क्षती भएका छन् । नेपाल प्रहरीबाट काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खाद्यान्न, त्रिपाल, स्वास्थ्य शिविर सञ्चालन र पानीलगायतका राहत सामाग्री वितरण कार्य भइरहेको छ । भग्नावशेष हटाउने, सरसफाई गर्ने, सुरक्षा गस्ती ९पट्रोलिङ० गर्ने, उद्दार तथा खोज कार्यसमेतमा देशभर नेपाल प्रहरीबाट कुल ४४ हजार ६ सय २९ जना प्रहरी कर्मचारी परिचालित भएकाे प्रहरीले जनाएकाे छ । नागरिकन्युजमा समाचार छ ।