प्यूठान- विनासकारी महाभूकम्पकले प्यूठान जिल्लाका शैक्षिक संस्था नराम्ररी प्रभावित भएका छन् । ग्रामीण क्षेत्रमा कच्ची संरचना प्रयोगबाट निर्मित विद्यालय कतिपय भत्किएका छन् भन कतिपय चर्किएका छन् ।
जिल्ला शिक्षा कार्यालयमा अहिलेसम्म ७७ भन्दा बढी विद्यालयमा भूकम्प प्रभावित रहेको क्षतिको विवरण आएको छ । जसबाट जिल्लाभर करिव १६ हजार विद्यार्थी प्रभावित भएको शिक्षा अधिकारी नारायण प्रसाद भट्टराइले बताए । महाभुकम्पले दर्जनौं विद्यालयका भौतिक संरचनामा क्षति पुर्याएको छ । चर्किएका, भत्किएका र प्रभावित भौतिक संरचनाले ग्रामीण क्षेत्रका शिक्षालयमा नियमित पठन पाठन संचालनमा समस्या छ । अर्ध संरचना पुननिर्माण र व्यवस्थापनमा कमजोर विद्यालयलाई पहिलेको अवस्थामा ल्याउन कठिनाई रहेको शिक्षा अधिकारी भट्टराइले बताए ।
‘यतिबेला वर्षायाम नजिकिदै छ’, उनले भने, ‘ अधिकांश विद्यालयको छाना, छत, पर्खाल लगायतको संरचनामा भूकम्पले क्षति पु