हावाहुरीसँगै आएको असिनापानीले तनहुँमा ठूलो क्षति, भूकम्पपीडितको बिचल्ली

तनहुँ – शनिबार दिउँसो हावाहुरीसँगै आएको असिनापानीले तनहुँमा ठूलो क्षति भएको छ । हावाहुरीले व्यास नगरपालिका, क्यामिन, केशवटार,जामुने तथा आसपासका गाविसमा धेरै घरको छानो उडाएको छ ।
दिउँसो करिब तीन बजे आएको हावाहुरीले दमौलीमा रहेको कभर्डहलको आधा भन्दा बढी भागको छानो उडाएको छ । बीपी वनवाटिका मैदान, शिक्षा कार्यालय र जिल्ला कारागारको छानो पुगेको छ । हुरीले व्यास-१ चारकुने टोलमा करिब १५ घरको टिनको छानो उडाएको छ ।
रामकृष्ण सापकोटा, सीता बस्नेत, चिजा न्यौपाने लगायतको घरको छानो उडाएको स्थानीय मणिजंग बस्नेतले जानकारी दिए । भूकम्पले बस्न नहुने घरको छानोसमेत उडाएपछि थप समस्या भएको छ ।
केशवटार