शक्तिशाली भूकम्पपछि परकम्पन हुने क्रम निरन्तर जारी छ। यस्तै आइतबार पनि अहिलेसम्म ४ वटा परकम्पन महशुस गरिएको छ। दिउसो १२ बजेर ५५ मिनेटमा ४.४ रेक्टर स्केलको दोलखा केन्द्रबिन्दुको भूकम्पको धक्का महशुस भएको छ। यस अघि दिउसो ११ बजेर ४६ मिनेटमा ४.२ रेक्टर स्केलको सिन्धुपाल्चोक केन्द्रबिन्दुको भूकम्पको धक्का महशुस भएको थियो। दोलखा केन्द्रबिन्दुमा बिहान ७ बजेर ६ मिनेटमा ४.२ रेक्टर स्केलको भूकम्पको धक्का महशुस भएको थियो भने १० बजेर ३८ मिनेटमा ४.४ रेक्टरस्केलको धक्का महशुस भएको छ।
पुरानो समाचारमा:
शक्तिशाली भूकम्पपछि परकम्पन हुने क्रम निरन्तर जारी छ। धेरैजसो परकम्पन सिन्धुपाल्चोक, दोलखा र गोरखा केन्द्रबिन्दु भएका गएका छन्। यस्तै आइतबार पनि अहिलेसम्म ३ वटा परकम्पन महशुस गरिएको छ।
आज आएका दुबै भूकम्पको धक्काको केन्द्रबिन्दु सिन्धुपाल्चोक र दोलखा रहेको भूकम्प मापन केन्द्रले जनाएको छ।
दिउसो ११ बजेर ४६ मिनेटमा ४.२ रेक्टर स्केलको सिन्धुपाल्चोक केन्द्रबिन्दुको भूकम्पको धक्का महशुस भएको छ।
दोलखा केन्द्रबिन्दुमा बिहान ७ बजेर ६ मिनेटमा ४.२ रेक्टर स्केलको भूकम्पको धक्का महशुस भएको थियो भने १० बजेर ३८ मिनेटमा ४.४ रेक्टरस्केलको धक्का महशुस भएको छ।
भूकम्पको धक्का काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवासहितका जिल्लामा महसुस भएको थियो।
६ म्याग्निच्यूटसम्मका भूकम्पले क्षति नगर्ने भएकाले नआत्तिन राष्ट्रिय भूकम्प मापन केन्द्रले सर्वसाधरणलाई आग्रह गरेको छ ।
केही समाचार अन्लाईन समाचार माध्यमबाट लिएको हो ।