हावाहुरी, चट्याङका कारण पूर्वमा चार जनाको मृत्यु

शनिबार राति आएको हावाहुरीका कारण पूर्वमा तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार हुरीसँगै परेको चट्याङले अन्य एक जनाको ज्यान गएको छ।
पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत डा. रञ्जना देवकोटाको ज्यान गएको छ। अस्पताल परिसरमा रहेको रुख ढलेर किच्दा गम्भीर घाइते भएकी देवकोटाको उपचारका क्रममा राति मृत्यु भएको क्षेत्रीय प्रहरी सूचना शाखाका प्रहरी निरीक्षक श्यामल सुब्बाले सेतोपाटीलाई जानकारी दिए।
हावाहुरीको कारण रुखको हाँगा खसेर किच्दा झापा बेलडाँगी शरणार्थी शिविरकी चार वर्षीया एलविशा राईको मृत्यु भएको छ।
 उनकी आमा मनमाया राई गम्भीर घाइते छिन्। घरको बरण्डामा बसिरहेको बेला रुखको हाँगा खसेर आमाछोरीलाई लागेको थियो।
प्रहरीका अनुसार गम्भीर मनमायाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। त्यसैगरी, उदयपुर गुराँसे गाविस