पहिरोले थुनिएर ताल बनेको कालीगण्डकी नदीबाट ओभर फ्लो भएर पानी बग्न थाल्यो

उत्तरी म्याग्दीको राम्चे ९ को पहाड खसेर आएको पहिरोले थुनिएर ताल बनेको कालीगण्डकी नदीबाट ओभर फ्लो भएर पानी बग्न थालेको छ। 

नेपाल प्रहरीका अनुसार थुनिएको ठाउँबाट बिस्तारै पानी बग्न थालेको हो। यसैबीच म्याग्दीस्थित पत्रकार ध्रुबसागर शर्माका अनुसार नदीले आफ्नो गति लिने क्रममा छ। 
अनुमान गरिएको भन्दा केही गती लिएको छ। नदीले माटो पनि सँगै बगाउन थालेको छ। यद्यपी नदीको तटीय क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान प्रशासनले सतर्क बताएको छ। सेतोपाटीमा समाचार छ ।