काठमाडौं-गत बैशाख १२ गते भएको विनाशकारी भूकम्प र वैशाख २९ गते गएको शक्तिशाली भूकम्पमा परी आइतबार चारबजेसम्म ८ हजार ६ सय ५४ जनाको मृत्यु भएको छ भने २२ हजार ५३ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ।
मृतक ८६१७ जनाको शव आफन्तलाई बुझाइ सकिएको प्रहरीले छ।भूकम्पबाट मृत्यु हुनेमा काठमाठौं उपत्यकामा १ हजार ७ सय ३१, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा ६ हजार ४ सय १२, पश्चिम क्षेत्रमा ४ सय ५१ र मध्य पश्चिम क्षेत्रमा २ जना रहेको प्रहरीले जनाएको छ। यसैगरी भूकम्पमा परी उपत्यकामा १२ हजार ९ सय ८३, पूर्व क्षेत्रमा ४ सय ५४, मध्य क्षेत्रमा ७ हजार २ सय ३१, पश्चिम क्षेत्रमा १ हजार ३ सय ४७, मध्य पश्चिम क्षेत्रमा ३६ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये ४ हजार ९ सय ५४ जना विभिन्न अस्पतालमा उपचाररत छन्। सो भूकम्पमा परी २ सय २९ नेपाली र ८० विदेशी नागरिक बेपत्ता भएका छन्।
विनाशकारी भूकम्पबाट उपत्यकामा ६७ हजार १ सय ८८, पूर्व क्षेत्रमा ४५ हजार ९ सय ३०, मध्य क्षेत्रमा २० हजार ८ सय ६२ भौतिक संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ। यसैगरी पश्चिम क्षेत्रमा १एक लाख ५ हजार ४ सय २८, मध्य पश्चिम क्षेत्रमा ३ हजार १ सय ९५ र सुदूर पश्चिम क्षेत्रमा ५० गरी जम्मा ४६ लाख २ हजार ६ सय ५३ भौतिक संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ। नागरिकन्युजमा समाचार छ ।