भूकम्पको धक्का निरन्तर जारी

फेरि ४.१ रेक्टर स्केलको भूकम्पको धक्का
अहिले केही समय अगाडि ११ बजे दोलखालाई केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्पको धक्का महशुस भएको छ । यसअघि विहान ३: २३ बजे गोर्खालाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्पको धक्का महशुस भएको थियो ।

अहिले सोमबार विहान ३: २३ बजे गोर्खालाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्पको धक्का महशुस भएको छ।  
अहिले जताततै त्रासमा मानिसहरु घर बाहिर निस्किएका छन् ।  
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यसअघि आइतबार  राति ११:१५ बजे फेरि दोलखालाई केन्द्रबिन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्पको धक्का महशुस भएको थियो । वैशाख १२ पछि आएका निरन्तर धक्का आज पनि जारी रह्यो। आइतबार बिहानदेखि राति ११:१५ बजेसम्म ५ पटक भूकम्पको धक्का महुसुस भएको थियो। 
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यसअघि आइतबार दिउँसो १२.५५ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ४.४ म्याग्निच्यूटको भूकम्प गएको छ। यस्तै सिन्धुपाल्चोकलाई केन्द्र बिन्दु भएर ११.४६ बजे ४.२ म्याग्निच्यूट, १०.३८ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ४.४ म्याग्निच्यूट र बिहान ७.०६ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो।