सुसाइट नोट लेखेर आइतबार आफ्नै निवासमा आत्महत्या गरेका पूर्वन्यायाधीश भरतराज उप्रेतीको शव त्रिवि शिक्षण अस्पताललाई बुझाइएको छ।
उप्रेतीले सुसाइड नोटमा लेखे अनुसार उनको शवको दाहसंस्कार नगरी अस्पताललाई बुझाइएको हो।
उनले पशुपतिमा दाहसंस्कार नगर्नू र आफ्नो शव टिचिङ अस्पतालका विद्यार्थीलाई बुझाइदिनू भनेकाले उनको अन्तिमसंस्कार नगरेर अस्पतालालई बुझाएको हो।
पूर्वन्यायाधीश उप्रेतीले आफ्नो किरियासमेत नगर्नू भनेकाले किरिया खर्च भूकम्प पीडितलाई दिने पारिवारिक स्रोतले जनाएको छ।
आफ्नो स्वःच्छाले देह त्याग गरेको सुसाइड नोटमा उप्रेतीले लेखेका छन्।