विनाशकारी महाभूकम्प गएको एक महिना पुग्न लाग्दा पनि परकम्पन जाने क्रम रोकिएन

विनाशकारी महाभूकम्प गएको एक महिना पुग्न लाग्दा पनि त्यसको परकम्पन जाने क्रम रोकिएको छैन। सोमबार विहान देखी दिनभर ३ रेक्टर स्केलमाथिका लगातार ६ परकम्पन गएका छन्। 
*ल हेर्नुस्:  
  1. विहान ३:२३ बजे गोरखा केन्द्रविन्दु भएको ५ रेक्टरस्केलको परकम्पन
  2. बिहान ८:४४ बजे म्याग्दी केन्द्रबिन्दू भएको ३.६  रेक्टरस्केलको 
  3. बिहान ९:३१ बजे म्याग्दी केन्द्रबिन्दू भएको ३.४  रेक्टरस्केलको परकम्पन
  4. बिहान ११ बजे दोलखा केन्द्रबिन्दू भएको ४.१ रेक्टरस्केलको परकम्पन
  5. दिउसो १:४३ बजे म्याग्दी केन्द्रबिन्दू भएको ३.४  रेक्टरस्केलको परकम्पन
  6. दिउसो २:५९ बजे म्याग्दी केन्द्रबिन्दू भएको ३.१  रेक्टरस्केलको परकम्पन 

काठमाडैं – विनाशकारी महाभूकम्प गएको एक महिना पुग्न लाग्दा पनि त्यसको परकम्पन जाने क्रम रोकिएको छैन। सोमबार यो समाचार पार्दासम्म चार रेक्टर स्केलमाथिका दुइ परकम्पन गएका छन्।
राष्ट्रिय भूकम्प मापन केन्द्रको परकम्पन रेकर्ड
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसारसोमबार विहान ३ बजेर २३ मिनेटमा गोरखालाई केन्द्रविन्दु बनाएर ५ रेक्टरस्केलको परकम्पन गएको थियो।
त्यसैगरी बिहान ११ बजे दोलखा केन्द्रबिन्दू भएको ४.१ रेक्टरस्केलको परकम्पन गएको केन्द्रले जनाएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले १२ वैशाखकै विनाशकारी भूकम्पको पराकम्पनको रूपमा आज विहान गएको भूकम्पलाई पनि लिएको छ।
बिहान ३ बजे गएको ५ रेक्टर स्केलको परकम्पनको धक्का राजधानी र आसपासका जिल्लामासमेत महशुस गरिएको थियो। आइतबार दोलखा र सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर चारवटा पराकम्पन गएका थिए।
वैशाख १२ गते शनिबार गोरखा बारपाक केन्द्र बनाएर ७.६ रेक्टरस्केलको विनाशकारी भूकम्प गएको थियो। नागरिकन्युजमा समाचार छ ।