राहत कोषमा प्राप्त रकमको पूर्णरुपमा सदुपयोग गरिनेमा प्रधानमन्त्री सुशील कोइरालाको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा प्राप्त रकमको पूर्णरुपमा सदुपयोग गरिने विश्वास दिलाएका छन् ।
भूकम्पपीडितका लागि कोषमा रकम हस्तान्तरण गर्न मंगलबार बालुवाटार पुगेका प्रेस युनियनका पदाधिकारीहरुसँग प्रधानमन्त्री कोइरालाले राहत वितरणमा कसैले अनियमितता गरे कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पीडितका लागि सहयोग गर्न चाहने जोसुकैले सरकारी माध्यमवाट सहयोग गर्न सक्ने भन्दै उनले सरकारी संयन्त्रप्रति शंका नगर्न आग्रह गरे ।
युनियनले भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी राहत कोषमा २ लाख ८० हजार रुपैयाँ जम्मा गरेको छ ।
यसैगरी, मंगलबारै विभिन्न संघसंस्थाले पनि कोषमा रकम जम्मा गरेका छन् । एनसेलले १० करोड, नेपाल विद्युत् प्राधिकरणले ५ करोड, डाबर नेपालले १ करोड, एसियन पेन्टले ११ लाख ११ हजार १ सय ११ र कर्मचारीको तर्फबाट ७ लाख ११ हजार १ सय रुपैयाँ बराबरको रकम कोषमा हस्तान्तरण गरेका हुन् ।
यसैगरी, म्यानमारमा बस्ने नेपालीहरुले पनि राहत कोषमा ३५ लाख रुपैयाँ जम्मा गरेका छन् । इमेजखबरमा समाचार छ ।