एक महिना सम्म पनि परकम्पन जाने क्रम रोकिएन, मंगलबार ५ रेक्टरस्केलको शक्तिशाली भुकम्प सहित ५ वटा धक्का महशूस

अहिले राती १०:५२ बजे रसुवा केन्द्रविन्दु भएको ५ रेक्टरस्केलको शक्तिशाली भुकम्पको धक्का गएको छ । यसअघि अहिले ८ बजे ललितपुर, काभ्रे केन्द्रविन्दु भएको ४.३ रेक्टरस्केलको भुकम्पको धक्का गएको थियो । त्यस्तै यसअघि साँझ ६:३९ बजे दोलखा केन्द्रविन्दु भएको ४.३ रेक्टरस्केलको भुकम्पको धक्का गएको थियो । त्यस्तै  साँझ ५:४८ बजे दोलखा केन्द्रविन्दु भएको ४.१ रेक्टरस्केलको भुकम्पको धक्का गएको थियो । त्यस्तै दिउसो २:११ बजे दोलखा केन्द्रविन्दु भएको ४.३ रेक्टरस्केलको भुकम्पको धक्का गएको थियो । विनाशकारी महाभूकम्प गएको एक महिना सम्म पनि त्यसको परकम्पन जाने क्रम रोकिएको छैन। 

अगाडिका समाचार 
ललितपुर र काभ्रेको सीमालाई केन्द्र बिन्दु बनाएर फेरि भूकम्पको धक्का महशुस गरिएको छ।
राष्ट्रि भूकम्प मापन केन्द्रका अनुसार साँझ ८ बजे गएको भूकम्पको धक्का ४.३ मापन गरिएको छ। मंगलबार चारवटा भूकम्पको धक्का महशूस गरिएको छ।
यसअघि ६:३९ र ५:४८ मा समान ४.१ तथा दिउँसो २ बजेर ११ मिनेटमा ४.३ रेक्टर स्केलको धक्का महशुस भएको हो।
वैशाख १२ गते गएको भूकम्प पछि स-साना धक्का आउने क्रम जारी नै छ। भू-गर्वविद्हरूका अनुसार ६ रेक्टरस्केलभन्दा तलको धक्काले कुनै असर गर्दैन।


अहिले दिउसो केही समय अघि २:११ बजे दोलखा केन्द्रविन्दु भएको ४.३ रेक्टरस्केलको भुकम्पको धक्का गएको छ । विनाशकारी महाभूकम्प गएको एक महिना सम्म पनि त्यसको परकम्पन जाने क्रम रोकिएको छैन।
आम विनाशकारी भूकम्म गएको मंगलबार एक महिना पूरा भएको छ। भूकम्पमा आठ हजार ६ सय ५९ जनाको ज्यान लियो भने २१ हजार ९ सय ५२ जनालाई घाइते बनायो।
वैशाख १२ देखि जेठ १२ सम्मको अवधिमा ३० हजारभन्दा धेरै परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। चार रेक्टरस्कलेभन्दा तलका ३० हजारभन्दा बढी परकम्पन गएको केन्द्रका महानिर्देशक सर्वजीतप्रसाद महतोले जानकारी दिए। गृहमन्त्रालयले चार रेक्टरस्केलभन्दा साना भूकम्पले खासै क्षति नपुर्याउने भन्दै साना भूकम्पको रेकर्ड सार्वजनिक नगर्न भनेको थियो। केन्द्रमा २ रेक्टरस्केलदेखिका भूकम्पको कम्पन रेकर्ड हुनेगर्छ।