भूकम्पले क्षति पुर्‍याएपछि बन्द रहेका निजी तथा सरकारी विद्यालय बिना तयारी, अन्यौलका बिच आइतबारबाट संचालनमा आउने

काठमाडौं  । भूकम्पले क्षति पुर्‍याएपछि बन्द रहेका निजी तथा सरकारी विद्यालय आइतबारबाट संचालनमा आउने भएका छन् ।
सरकारले वैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पनले क्षति पुगेपछि बन्द रहेका विद्यालयहरुमा जेठ १ गतेबाट कक्षा सञ्चालन गर्ने तयारी गरेको थियो ।
वैशाख २९ गतेको फेरि ठूलो पराकम्पनपछि जेठ १७ गतेबाट कक्षा सञ्चालन गर्ने तयारी भएको हो ।
सरकारले विद्यालय सञ्चालन गर्ने समय दुई साता पछाडी सार्दा समेत अधिकांश विद्यालयले सामान्य तयारीसम्म गरेका छैनन् ।
तयारी नपुग्दा अधिकांश विद्यालयका विद्यार्थीहरु अन्यौलमा परेका छन् । शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा अस्थायी कक्षा कोठाको व्यवस्था हुन सकेको छैन ।
ग्रामीण भेगका अधिकांश विद्यालयमा सरकारले स्टिकर टास्न समेत ढिलाई गर्दा कतिपय विद्यालय कक्षा सञ्चालन गर्ने की नगर्ने भन्ने अन्यौलमा छन् ।
भूकम्पले विद्यालय भत्केर खसेका इट्टा, माटो, ढुंगा उठाउन नसक्दा समस्या थपिएको छ । अधिकांश विद्यालयमा शौचालय प्रयोग गर्न नमिल्ने भएका छन् ।
आइतबारदेखि खुल्न लागेका अधिकांश विद्यालयले त्रिपाल र टहरामै भएपनि कक्षा सञ्चालन गर्ने जनाएका छन् । इमेजखबरमा समाचार छ ।